सोमबार, भाद्र २९ गते २०८३
images

युरोकप फाइनलमा आज राति स्पेन र इङल्याण्ड खेल्दै

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 263
    SHARES
  • युरोकप फाइनलमा आज राति स्पेन र इङल्याण्ड खेल्दै

    काठमाडौं । आइतबार राति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । 

    images

    फाइनल खेल नेपाली समय अनुसार आज राति १२ ४५ बजेदेखि शुरु हुने छ ।

    सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images

    तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

    स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।