आइतबार, भाद्र २८ गते २०८३
images

कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 258
    SHARES
  • कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

    काठमाडौं । कोलोम्बियालाई पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका-२०२४ को उपाधि जितेको छ । 

    images

    सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । 

    खेलको १ सय १२ औँ मिनेटमा लउतारो मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपाको उपाधि जितेको हो । 

    images

    निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ६६ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले चोटक बोक्दै मैदान छाडेका थिए। 

    कोलोम्बियाको हारसँगै २७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।