बिहीबार , कार्तिक २० गते २०८३
images
images

त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीका लागि  सोनार क्यामरा प्रविधिको प्रयोग

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 309
    SHARES
  • त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीका लागि  सोनार क्यामरा प्रविधिको प्रयोग

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोमा परेर बेपत्ता दुईवटा बस र यात्रुहरुको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ ।

    images

    प्रहरीले  निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो जसले ३ सय मिटर तलसम्मको दृष्य देखाउछ । 

    नेपाल प्रहरीका अनुसार आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए । 

    images

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस  अझै भेटिएका छैनन् ।