बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँ महानगरपालिकाले दियो ९११ जनालाई रोजगारी

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 236
    SHARES
  • काठमाडौँ महानगरपालिकाले दियो ९११ जनालाई रोजगारी


    काठमाडौं । काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन्।

    images

    मेयर बालेन्द्र शाह (बालेन)का अनुसार महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको हो। 

    मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, । ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।’ 

    images

    balen.png