बिहीबार , कार्तिक २० गते २०८३
images
images

त्रिशूलीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 260
    SHARES
  • त्रिशूलीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला

    काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ ।

    images

    भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको  सशस्त्र प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । 

    images

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।