बिहीबार , कार्तिक २० गते २०८३
images
images

उपप्रधानमन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 277
    SHARES
  • उपप्रधानमन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

    images

     मंगलबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिदैँ भारतीय सहयोगमा भइरहेको पुनर्निर्माणका कामका बारेमा समीक्षा भएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । 

    भेटका क्रममा नाकाहरूमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा मन्त्रालयबाट भइरहेको कामका बारेमा पनि छलफल भइरहेको छ । 

    images

    त्यस्तै, भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहरमैला व्यवस्थापन, नदीनालाको प्रदूषण न्यूनीकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताए ।