काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।
पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको हो।
ढुङ्गाले लागेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।
.jpg)


