सोमबार, भाद्र २९ गते २०८३
images

एसीसी महिला एसिया कपको तेस्रो अभ्यास खेलमा नेपाल  दुई रनले विजयी

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 318
    SHARES
  • एसीसी महिला एसिया कपको तेस्रो अभ्यास खेलमा नेपाल  दुई रनले विजयी

    काठमाडौं ।  एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंकालाई दुई रनले पराजित गरेको छ।

    images

    नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोलीले २० ओभरमा ११० रन मात्र बनाउन सक्यो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो।

    images

    नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन्।

    यसअघि नेपालले पहिलो दुई अभ्यास खेलमा हार व्यहोरेको थियो। पहिलो दुई अभ्यास खेल पनि यही श्रीलंका डेभलपमेन्ट टोलीसँग खेलेको थियो।

    १९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ।

  • सम्बन्धित विषय:

  • # एसीसी महिला एसिया कप