बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धुपाल्चोकसहित देशका २१ जिल्लामा बाढीको जोखिम,सावधानी अपनाउन आग्रह

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 234
    SHARES
  • सिन्धुपाल्चोकसहित देशका २१ जिल्लामा बाढीको जोखिम,सावधानी अपनाउन आग्रह

    काठमाडौं । आज सिन्धुपाल्चोकसहित देशका २१ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।  

    साथै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुमपश्चिम, रुकुमपूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि आज बहाव उल्लेख्य बढ्ने अनुमान रहेको महाशाखाले जनाएको छ। 

    images

    महाशाखाले आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। 

    baddi.jpg