बिहीबार , कार्तिक २० गते २०८३
images
images

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म १९ जनाको शव प्राप्त,अझै ४३ जना बेपत्ता

एक्सप्रेस पाना
श्रावण ३, २०८१ बिहीबार
  • 324
    SHARES
  • त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म १९ जनाको शव प्राप्त,अझै ४३ जना बेपत्ता

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म १९ जनाको शव प्राप्त भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १९मध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान हुन बाकी छ ।


    गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।

    images

    दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जनाको अवस्था अज्ञात छ । नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य भइरहेको छ । 

    सिमलताल घटनाको लागि गृहमन्त्रालयले गठन गरेको कार्यदलले बुधबार घटनास्थलमा गएर आफ्नो काम समेत थालेको छ ।