बिहीबार , कार्तिक २० गते २०८३
images
images

बुधवार रातिको वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा

एक्सप्रेस पाना
श्रावण ३, २०८१ बिहीबार
  • 234
    SHARES
  • बुधवार रातिको वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा

    काठमाडौं । बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको छ । 

    images

    राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ। सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा परेको हो ।

    हरेक वर्षा याममा घण्टाघर, रन्तपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ । त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुवानमा परेको हो ।

    images

    मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुवानमै लाईन बसिरहेको देख्न सकिन्छ ।