काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
उद्यमी श्रेष्ठको ९१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको अस्पताल एवम् पारिवारिक स्रोतले जनाएको छ ।
सानो होटलबाट सुरु गरेर द्वारिकाजलाई विख्यात बनाउन सफल उनी कयौं उद्यमीका लागि प्रेरणाकारुपमा रहेकी छन् । अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो ।
.jpg)


