काठमाडौं । काठमाडौंमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ ।
विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ । गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ ।
काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ ।
.jpg)


