बिहीबार , कार्तिक २० गते २०८३
images
images

न्यूरोडमा फुटपाथ विस्तारको काममा स्थानीयहरुले गरे विरोध

एक्सप्रेस पाना
श्रावण ४, २०८१ शुक्रबार
  • 253
    SHARES
  • न्यूरोडमा फुटपाथ विस्तारको काममा स्थानीयहरुले गरे विरोध

    काठमाडौं । काठमाडौं महानगरले बुधबारदेखि न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः थालेपछी स्थानीयहरुले शुक्रबार विरोध गरेका छन् । 

    images

     उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । 

    तर स्थानीयहरुले नयाँ सडक बचाऔँ, न्युरोड साँघुरो गर्न पाइँदैन भन्दै विरोध जनाएका हुन् ।  स्थानीयहरुको विरोधपछि ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।  काठमाडौं महानगर वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीयको साथ लिएर मात्रै विकास निर्माण काम गर्नुपर्ने भन्दै दमन स्वीकार्य नहुने बताए ।

    images

    यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो । त्यसपछि  सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो । 
     
    सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो ।  त्यसपछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसँगै महानगरले काम सुरु गरेको हो ।