बिहीबार , कार्तिक २० गते २०८३
images
images

ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई राष्ट्रपति पौडेलले गरे बिदाई

एक्सप्रेस पाना
श्रावण ४, २०८१ शुक्रबार
  • 235
    SHARES
  • ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई राष्ट्रपति पौडेलले गरे बिदाई

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित बिदाई गरेका छन् ।

    images

    शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन् ।

    फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।  

    images

    नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुदै छन् ।

    नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।