काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम रहेको भन्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुवै देशबीच समान धारणा रहेको बताएका थिए ।
राजदूत थम्पसनले नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैँ इच्छुक रहेको र एमसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास रहेको बताए ।
.jpg)


