काठमाडौं । एसीसी महिला एसिया कपमा यूएर्ईले नेपालसामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रन बनाएको हो ।
यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।
नेपालकी कप्तान इन्दु वर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।


