सोमबार, भाद्र २९ गते २०८३
images

महिला एशिया कप-आज नेपालले पाकिस्तानको सामना गर्दै

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 273
    SHARES
  • महिला एशिया कप-आज नेपालले पाकिस्तानको सामना गर्दै

    काठमाडौं । जारी महिला एशिया कपको दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै छ ।

    images

    खेल साँझ ७:१५ बजेदेखि शुरु हुने छ । 

    नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २:१५ बजेदेखि खेल्दै छन् । 

    images

    समुह ए मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

    नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ । 

    एशिया कप खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन्