शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौंलाई विराटनगरले दियो १०५ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 250
    SHARES
  • काठमाडौंलाई विराटनगरले दियो १०५ रनको विजयी लक्ष्य

    असोज १७ काठमाडौं । राजधानीमा जारी चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई  १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । 

    यसअघि निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए । अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए । 

    images

    यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १/१ विकेट लिए । 

    काठमाडौं प्रतियोगिताको दोस्रो जितको खोजिमा छ । उसले २ खेलबाट १ जित र १ हार व्यहोर्दै २ अंक जोडेको हो । यता, विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ४ खेल खेलको विराटनगरको चारै खेलमा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ ।