आइतबार, भाद्र २८ गते २०८३
images

महिला एशिया कप-नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 259
    SHARES
  • महिला एशिया कप-नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

    काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

    images

    आइतबार भएको खेलमा नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

    images

    नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।

    त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

    यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।

    अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।