बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,वाग्मतीसहित केहि स्थानमा भारी वर्षा

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 260
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,वाग्मतीसहित केहि स्थानमा भारी वर्षा

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images

    कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।