बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड अवरुद्ध

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 260
    SHARES
  • पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड अवरुद्ध

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

    images

    इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । 

    यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्। अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केहि बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।

    images