बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज साउनको पहिलो सोमबार; पशुपतिनाथ लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 333
    SHARES
  • आज साउनको पहिलो सोमबार; पशुपतिनाथ लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड

    काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका देशभरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    images

    साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । 

    साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गर्नाले मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 

    images

    साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।

    साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।