सोमबार, भाद्र २९ गते २०८३
images

जारी महिला एशिया कप-आज नेपालले भारतको सामना गर्दै

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 282
    SHARES
  • जारी महिला एशिया कप-आज नेपालले भारतको सामना गर्दै

    काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार  आज साँझ ७ः१५ बजेदेखि शुरु हुनेछ ।

    images

    खेलमा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।

    भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

    images

    त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।

    एशिया कप खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।