बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं उपत्यकाका नदीमा बढ्यो जलसतह,सतर्कता अपनाउन आग्रह

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 359
    SHARES
  • काठमाडौं उपत्यकाका नदीमा बढ्यो  जलसतह,सतर्कता अपनाउन आग्रह

    काठमाडौं । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।

    बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ ।

    images

    बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ । नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको  छ।

    विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ ।

    थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ । डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।