असोज १७ काठमाडौं । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) टि२) क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।
१०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको काठमाडौं ७९ रनमा रोकियो । निर्धारित ८ ओभरमा काठमाडौंले ३ विकेट गुमाउँदै जम्मा ९७ रन बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । काठमाडौंको लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए ।यस्तै सुभाष खकुरेलले २६ रन बनाउँदा राजु रिजालले २४ र रायल बर्लले १५ रन बनाए ।
विराटनगरको रायन पाठनले २ विकेट लिए भने प्रतिश जिशीले एक विकेट लिए । यसअघि विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । यस्तै कप्तान करण केसीले १५ रन बनाए । यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।
उक्त जितसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको छ । ५ खेल खेलको विराटनगरको २ अंक प्राप्त गरेको छ । यता, काठमाडौंले २ खेलबाट १ जित र १ हार व्यहोर्दै २ अंक जोडेको हो ।


