आइतबार, भाद्र २८ गते २०८३
images

महिला एसिया कपमा नेपालले भारतविरुद्ध पहिले फिल्डिङ गर्दै

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 293
    SHARES
  • महिला एसिया कपमा नेपालले भारतविरुद्ध पहिले फिल्डिङ गर्दै

    काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले भारतविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

    images

    मंगलबार श्रीलंकाको धमुल्लामा हुने खेलका निम्ति भएको टस जितेर भारतले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

    महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

    images

    समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

     

     

  • सम्बन्धित विषय:

  • # महिला एसिया कप