काठमाडौं । महिला एसिया कप २०२४ मा भारतले नेपाललाई १७९ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाउँदै १८८ रन बनाएको हो।
नेपालका लागि दुई विकेट सीता राना मगरले लिँदा एक विकेट कविता जोशीका नाममा रह्रयो। १४ औं ओभरमा पहिलो विकेट लिएको नेपालले दोस्रो विकेट १६ औं ओभरमा लिएको थियो।
१४ औं ओभरको अन्तिम बलमा सीता राना मगरको बलमा दयालन हेमलतालाई रुबिना क्षेत्रीले क्याच आउट गराएकी थिइन्। हेमलताले ५ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाइन्।


