बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,वाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 248
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,वाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा

    काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली छ । 

    images

    वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    images

    बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

    विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ ।