बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 268
    SHARES
  • आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको खोप अभियान सञ्चालन  गर्ने

    काठमाडौं । आजदेखि सरकारले काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । 

    images

    काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको हो ।  

    images

    जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ । 

    सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ ।