बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु , एक जना घाइते

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 293
    SHARES
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा  १८ जनाको मृत्यु , एक जना घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । 

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणले  विज्ञप्ति जारी गर्दै १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको हो । घाइतेमा परेका क्याप्टेन मनिषरत्न शाक्यको केएमसी अस्पतालमा  उपचार भइरहेको छ । 

    विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

    images

    जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु रहेको खुलेको छ ।

    कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, सह-पाइलट एस कटुवालसहित १७ जना कर्मचारीहरु थिए ।

    आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर उड्ने क्रममा दुर्घटनामा परेको हो ।

    GTPD2nJaYAE_bi8.jfif