बिहीबार , कार्तिक २० गते २०८३
images
images

विमान दुर्घटनामा मृत्यु हुनेहरुको पोस्टमार्टम जारी,भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउने

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 282
    SHARES
  • विमान दुर्घटनामा मृत्यु हुनेहरुको पोस्टमार्टम जारी,भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउने

    काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको आज पनि शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम जारी छ। 

    images


    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन्।


    सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्। 

    images

    बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो। जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो। दुघंटनामा घाइते पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ।