बिहीबार , कार्तिक २० गते २०८३
images
images

शव परीक्षणको अवस्था बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री पौडेल ,डीएनए गर्न नपर्ने,भोलि साँझसम्म शव हस्तान्तरण गर्ने

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 267
    SHARES
  • शव परीक्षणको अवस्था बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री पौडेल ,डीएनए गर्न नपर्ने,भोलि साँझसम्म शव हस्तान्तरण गर्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।

    images

    बिहिबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन्।

    दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।

    images

    उनले भने,“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, । “शव हस्तान्तरणमा सहजीकरण गरिदिनुहोला।” 

    उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।