काठमाडौं । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ ।
काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा शाक्यको उपचार भइरहेको छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ ।
केएमसी अस्पताल निर्देशक डा.मीना थापाले प्रेस विज्ञप्ति जारी गर्दै पाइटल शाक्यको अनुहार, नाक तथा आँखाको चोटहरूको हिजै उपचार सकिएको जानकारी गराएकी हुन्।
हाल उनको अवस्था सामान्य रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शाक्यले बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।
शाक्यको भनाइ उद्धृत गर्दै डा.थापाले भनिन्, करिब १०० फिट माथी पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’
.jpg)


