बिहीबार , कार्तिक २० गते २०८३
images
images

रामेछापमा पहिरोमा परी तीनजनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 265
    SHARES
  • रामेछापमा पहिरोमा परी तीनजनाको मृत्यु

    काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।

    images

    अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी  सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    images