सोमबार, भाद्र २९ गते २०८३
images

ओलम्पिकको ३३औँ संस्करण आजदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 283
    SHARES
  • ओलम्पिकको ३३औँ संस्करण आजदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै

    काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औँ संस्करण आजदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । 

    images

    २ सय ६ राष्ट्रका १० हजार आठ सयभन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता अगस्त ११ सम्म चल्नेछ । यसपटक ओलम्पिकमा ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । अधिकांश खेल पेरिसमा आयोजना गरिने छ । केही खेल भने सेन्ट डेनिस, ले बोर्जेट, नान्तेरे, भर्साइल्सलगायतका छिमेकी सहरमा पनि खेलाइने छ । 

    ओलम्पिकको उद्घाटन समारोह सेन नदीमा हुनेछ जसलाई कम्तीमा पनि ३ लाख २० हजार दर्शकले प्रत्यक्ष हेर्नेछन् ।  उद्घाटन समारोहका क्रममा १ सय ५० किलोमिटर क्षेत्रको पेरिसको आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गरिनेछ । 

    images

    यसअघि पेरिसमा सन् १९०० र सन् १९२४ मा  पनि ओलम्पिक आयोजना भएको थियो । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै दुई खेल सुरु भइसकेका छन् । फुटबल र रग्बीको स्पर्धा भने जुलाई २४ तारिखमै सुरु हुनेछ । यी दुई खेलका प्रतिस्पर्धा लामो समयसम्म चल्ने भएकाले उद्घाटन समारोहअघि नै खेलाउन थालिएको हो ।