बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरको विमान दुर्घटनामा विमान चालकलाई उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 287
    SHARES
  • सौर्य एयरको विमान दुर्घटनामा  विमान चालकलाई उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत

    काठमाडौं । बुधबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

    images


    जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

    पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन्। 

    images

    साउन ९ गते बिहान काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो। 

    दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो। मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ।