बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरलाइन्स जहाज दुर्घटना: क्याप्टेन मनिस रत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 379
    SHARES
  • सौर्य एयरलाइन्स जहाज दुर्घटना: क्याप्टेन मनिस रत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौं । गत बुधबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनाका घाइते क्याप्टेन मनिस रत्न शाक्यको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । 

    images

    काठमाडौँ मेडिकल कलेज अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको तेस्रो दिन शुक्रवार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।

    घाइते क्याप्टेन शाक्यको उपचार काठमाडौँ मेडिकल कलेज अस्पतालमा भइरहेको थियो ।

    images

    उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ ।

    बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । भने विमानका पाइलट मनिषरत्न शाक्य बाँच्न सफल भए ।

    Manis-shakya-kmc-press-release-mk (1).jpg

  • सम्बन्धित विषय:

  • # सौर्य एयरलाइन्स जहाज दुर्घटना
  • # मनिस रत्न शाक्य