बिहीबार , कार्तिक २० गते २०८३
images
images

वनमन्त्री शाही र भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 264
    SHARES
  • वनमन्त्री शाही र भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् ।

    images

    शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताए । 

    मन्त्री शाहीले दोधारा चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

    images

    राजदूत श्रीवास्तवले दोधारा चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबिच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्ययन भइरहेको जानकारी गराएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # ऐनबहादुर शाही
  • # राजदूत नवीन श्रीवास्तव