बिहीबार , कार्तिक २० गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन  गौशाला-२६ को निवेदन

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 277
    SHARES
  • सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन  गौशाला-२६ को निवेदन

    काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् ।

    images

    गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् ।

    गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।

    images

    उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो ।