बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 371
    SHARES
  • काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    images

    शुक्रबार काठमाडौं उपत्यका मेयर्स फोरमले एक विज्ञप्ति निकाल्दै बिहीबार मृत्यु भएका कीर्तिपुर नगरप्रमुख राजकुमार नकर्मीको शोकमा  काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएक थिए ।

    images

    फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।