बिहीबार , कार्तिक २० गते २०८३
images
images

विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझे

एक्सप्रेस पाना
श्रावण १२, २०८१ शनिबार
  • 273
    SHARES
  • विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझे

    काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् ।

    images

    त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पतालका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् ।

    विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने स्रोतको भनाइ छ ।

    images

    केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सौर्य एयरलाइन्स विमान दुर्घटना