बिहीबार , कार्तिक २० गते २०८३
images
images

अविरल वर्षासँगै पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 229
    SHARES
  • अविरल वर्षासँगै पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

    काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षासँगै पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे  भिरमा ठूला–ढुंगासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

    सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । 

    images