सोमबार, भाद्र २९ गते २०८३
images

पेरिस ओलम्पिकमा समूहचरणको पहिलो खेलमा प्रिन्स दाहाल पराजित

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 278
    SHARES
  • पेरिस ओलम्पिकमा समूहचरणको पहिलो खेलमा प्रिन्स दाहाल पराजित


    काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् ।

    images

    शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।

    समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ ।

    images

    उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # प्रिन्स दाहाल
  • # पेरिस ओलम्पिक