आइतबार, भाद्र २८ गते २०८३
images

भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 219
    SHARES
  • भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

    काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । 

    images

    आइतबार फाइनल खेलमा श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी–२० महिला एशिया कपको उपाधि जितेको हो । 

    भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । 

    images

    श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् ।

    यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । 
        

  • सम्बन्धित विषय:

  • # महिला एशिया कप