काठमाडौं । पोखरामा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।
पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो ।
बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
.jpg)


