काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
४ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु हो भने बसकी सहयोगी ३३ वर्षीया आरती विकको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही दुर्घटनामा मृतक आरती र प्रिन्स आमा-छोरा रहेको बताइएको छ ।
आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा २१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएर दुर्घटना भएको हो ।
दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् ।
.jpg)


