शुक्रबार, भाद्र २६ गते २०८३
images

भेट्रान्स फुटबल कात्तिकमा, कम्तिमा १० टोलीको सहभागिता रहने

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 260
    SHARES
  • भेट्रान्स फुटबल कात्तिकमा, कम्तिमा १० टोलीको सहभागिता रहने

    असोज १७ काठमाडौं । फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ । 

    images

    पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६(१६ कात्तिकसम्म प्रतियोगिता आयोजना हुने बताएको हो । आर्थिक विपन्नता भै औषधि उपचार गर्न समस्या परेका पूर्वराष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई सहयोग तथा बिमा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

    आयोजकले पहिलो संस्करणको प्रतियोगितामा १० देखि १६ टोलीको सहभागिता रहने बताएको छ । सहभागी टोलीले ३५ बर्षका ३ तथा ४० बर्षभन्दा माथिका खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ । 

    images

    प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।