बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोले बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 250
    SHARES
  • पहिरोले बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

    काठमाडौं । अबिरल बर्षापछी आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

    images

    गए रातिदेखिको निरन्तरको वर्षाले लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो ।

    images

    सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई आवागमनमा समस्या भएको छ ।