बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारी वर्षासँगै आएको बाढीका कारण उपत्यकाको जनजीवनप्रभावित, ३६ जनाको उद्धार

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 244
    SHARES
  • भारी वर्षासँगै आएको बाढीका कारण उपत्यकाको जनजीवनप्रभावित, ३६ जनाको उद्धार

    काठमाडौं । भारी वर्षासँगै काठमाडौंका नदीमा आएको बाढीका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । 

    images

    नेपाल प्रहरीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

    काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एक जनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।  

    images

    काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

    ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।